पोखरीमा डुबेर तीन जना बालकको मृत्यु

पोखरीमा डुबेर तीन जना बालकको मृत्यु

धनुषा, भदौ २०

लक्ष्मीनिया गाउँपालिका–७ कुम्हरौरास्थित पोखरीमा डुबेर ३ जना बालकको बुधबार राती मृत्यु भएको छ । पोखरीमा डुबेर सोही ठाउँ बस्ने दिलीप साहको छोरा ७ वर्षीय आयुष कुमार साह, सबैला नगरपालिका–१ बस्ने परशुराम साहको छोरा १२ वर्षीय सुशान्त प्रसाद साह र महोत्तरी बर्दिबास नगरपालिका–६ बस्ने सरोज कुमार साहको छोरा ९ वर्षीय आदित्य साहको मृत्यु भएको हो । 

डुबेर अशक्त भएका आयुष र आदित्यको सेन्ट्रल अस्पताल लक्ष्मिनियामा उपचारको क्रममा मृत्यु भएको हो भने सुशान्त प्रसादको जानकी हेल्थ केयर जनकपुर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।