पौडी सङ्घद्वारा पलेशालाई सम्मान

पौडी सङ्घद्वारा पलेशालाई सम्मान


काठमाडौँ, २३ भदौ

नेपाल पौडी सङ्घले पेरिस पारा ओलम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई रु २५ हजार नगदसहित सम्मान गरेको छ । 

सङ्घले प्रशिक्षक कविराज नेगीलाई समेत नगद रु १० हजारसहित सम्मान गरेको छ । आज यहाँ आयोजित एक समारोहबीच पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ तथा कोषाध्यक्ष दिलिप वैद्यले संयुक्त रूपमा पलेशा र कविराजलाई चेक तथा सम्मान पत्र हस्तान्तरण गर्नुभयो । 

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थिति रहेको थियो ।

फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न के–४४ विधामा महिला ५७ किलोमुनि रिपेचेजतर्फ कास्य पदक जित्नुभएको थियो । पलेशाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ अङ्कले पराजित गर्नुभएको थियो ।  
–––