टीभीएस नेपालको ‘नयाँ युगको आरम्भ’ अफर

टीभीएस नेपालको ‘नयाँ युगको आरम्भ’ अफर

काठमाडौ भदौ २४

नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

साथै, यसमा नकिन्दै पाँच लाखसम्म जित्ने मौका समेत रहेको छ भने हरेक सप्ताह शतप्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ । यस कम्पनीले जीवनभरका लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टरविनाको ईजी फाइनान्स उपलब्ध गराउने बताएको छ । साथै, टीभीएसका ग्राहकलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिने कम्पनीको भनाई छ । 

यसैगरी टीभीएसले ‘मेरो साथी’ एपमार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टीभीएससँग जोडिन र विशेष अफरहरूबारे सूचना प्रदान गर्ने सम्पूर्ण सुविधाहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।