नेप्सेमा निरन्तर ओरालो, सबै सूचकहरू रातै

नेप्सेमा निरन्तर ओरालो, सबै सूचकहरू रातै


काठमाडौं, भदौ २४


नेप्से घटेर राताम्मै भएको छ । आज सोमबार पुन ५५ दशमलव ८६ अंकले घटेर २६ सय ४६ दशमलव शुन्य तीन अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ५३ अंकले घटेर चार सय ६९ दशमलव १८ अंकमा पुगेको छ । 

नेप्सेमा आज तीन सय २७ वटा कम्पनीह्रुको एक लाख ११ हजार नौं सय ८६ पटकको कारोबारमा दुई करोड १० लाख ४८ हजार नौंै सय ११ कित्ता शेयर किनबेच भएका छन् । सोहीm किनबेचका आधारमा आज कुल कारोबार रकम नौं अर्ब ४३ करोड ९१ लाख छ हजार चार सय २५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । ति मध्ये बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहको सुचक घटेर नेप्से आज पुरै रातो देखिएको छ । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज हाथ्वे इन्भेष्टेमन्ट नेपाल लिमिटेड, सिईडिबी हाईड्रोपावर लिमिटेड, हाथ्वे इन्भेष्टमेन्ट कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, थ्रि स्टार हाईड्रोपावर लिमिटेड, मनकामना इन्जिनियरिङ हाईड्रोपावर लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर लिमिटेड, हिमालयन रि इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।