नेप्से घटेर राताम्मै, ५० अंकले घट्दा १० अर्बको कारोबार

नेप्से घटेर राताम्मै, ५० अंकले घट्दा १० अर्बको कारोबार

काठमाडौं, भदौ ३० ।

नेप्से घटेर राताम्मै भएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ५० दशमलव ७३ अंकले घटेर २६ सय ३७ दशमलव ७९ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ८१ अंकले घटेर चार सय ६८ दशमलव ६५ अंकमा पुगेको छ । 

नेप्सेमा आज तीन सय २४ वटा कम्पनीहरुको एक लाख १९ हजार सात सय ३९ पटकको कारोबारमा दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कारोबार रकम १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौं सय ५७ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से राताम्मै भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सूचक १३ दशमलव ८८ अंकले घटेको छ भने जीवन बीमा समुहको सूचक पनि तीन सय ६१ दशमलव २० अंकले घटेको छ । यसैगरी फाईनान्स, जलविद्युत, निर्जिवन बीमा,  बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज रिभर फल्स पावर लिमिटेड, रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने थ्रि स्टार हाईड्रोेपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एनआईसी एसिया सेलेक्ट फण्ड ३० आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर लिमिटेड आदि परेका छन् ।