भिभो भी ४० : जाइस् अप्टिक्सको साथ प्रिमियम र टिकाऊ फोनको लीक सार्वजनिक

भिभो भी ४० : जाइस् अप्टिक्सको साथ प्रिमियम र टिकाऊ फोनको लीक सार्वजनिक

काठमाडौं, भदौ ३१

भिभोले आफ्नो आगामी स्मार्टफोनलाई लिएर ठूलो उत्सुकता जगाइरहेको छ,जस्ले मोबाइल फोटोग्राफी अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्न सक्ने संकेत दिन्छ । भित्री स्रोतहरूका अनुसार यो स्मार्टफोनले प्रयोगकर्ताहरूको पोर्ट्रेट फोटोग्राफीलाई व्यावसायिक स्तरसम्म उकास्न सक्छ, सम्भवतः यो विश्व प्रसिद्ध ब्रान्ड जाइस्सँगको सहकार्य मार्फतसम्भव भएको हो, जुन अप्टिकल उत्कृष्टताको पर्याय पनि हो। 

प्रयोगकर्ताहरूले भिजुअल अनुभव वृद्धि गर्नका लागि थ्रिडी कर्भ स्क्रिन र सिल्की–स्मूद १२० हर्जको रिफ्रेस रेट पनि अपेक्षा गर्न सक्छन् । र यदि कार्यक्षमता प्रदर्शन र स्थायित्व तपाईंको प्राथमिकता हो भने, भिभो भी ४०ले तपाईँलाई निराश पार्ने छैन, किनभने भिभो भि ४० मा ५५०० एमएएच ब्याट्री र ब्याट्रीको दीर्घायु लागि ४ वर्षसम्मको एन्टी–एजिंग ग्यारान्टीको सुनिश्चिता पाउनुु हुनेछ ।

भिभोले भी सिरिजको पहिचान शैलीलाई निरन्तरता दिँदै , भी ४०पनि स्टाइलिश र हल्का हुने अपेक्षा गरिएको छ। तर, रोचक कुरा के छ भनेः भित्री स्रोतहरूका अनुसार यो सम्भवतः अहिलेसम्मकै पातलो भी सिरिज फोन हुनेछ, जसमा शक्तिशाली ५५०० एमएएचको ठूूलो ब्याट्री हुने छ, जस्ले तपाईंलाई दिनभरि ऊर्जावान राख्दछ । भिभो भी ४० ले सुधारिएकोे औरा लाइटको परिचय गराउने अपेक्षा गरिएको छ, जसले पोर्ट्रेट फोटोग्राफीलाई नयाँ स्तरमा पुर्याउनेछ । भित्री स्रोतहरूले भिभो भी ४०मा एआई थ्रीडी स्टुडियो लाइटिङको डेब्युको संकेत गरेका छन्, जहाँ एआई एल्गोरिदमहरूले थ्रीडीमा अनुहारको प्रकाशको विश्लेषण गरी, न्याचुरेल पोर्ट्रेटहरूका लागि त्रि–आयामिक भर्चुअल फिल लाइट प्रदान गर्दछ । 

प्रभावशाली ५५०० एमएएच ब्याट्री मात्र नभई, लिकहरूका अनुसार भिभो भी ४०मा ८० वाट फ्ल्यास चार्ज सपोर्ट हुने अनुमान गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई कम समयमै चार्ज र उत्पादकत्व बढाउन मद्दत गर्नेछ । दीर्घकालीन अनुभव सुनिश्चित गर्नका लागि, भी ४० ले आई पि ६८ र ६९ को साथ धुलो र पानी प्रतिरोध पनि उपलब्ध गराउने अपेक्षा गरिएको छ , जसले यसलाई दैनिक साहसिक कार्यहरूको लागि भरपर्दो साथी बनाउँछ ।

यी रोमाञ्चक लीकहरूका साथ, भिभो भी ४० ले टेक समुदायमा ठूलो उत्साह सिर्जना गर्ने तयारी गरिरहेको छ । भी ४० को आधिकारिक सार्वजनिक घोषणाको प्रतीक्षा थपिँदै गर्दा, एउटा कुरा निश्चित छः यो फोन मोबाइल फोटोग्राफीको सारलाई पुनः परिभाषित गर्नेछ ।