सिटी एक्सप्रेसको दशैं–तिहार योजना सार्वजनिक

सिटी एक्सप्रेसको दशैं–तिहार योजना सार्वजनिक

काठमाडौं, भदौ ३१

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले १८ वर्ष प्रवेश गरेको अवसरमा आफ्ना ग्राहकसंग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म सञ्चालन हुने “१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा” उपहार योजना सार्वजनिक गरेको हो । 

कम्पनीका अनुसार उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही ५०० सय रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजना रहेको छ । यो योजना १ असोजदेखि ३० मंसिरसम्म लागु हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्ने कम्पनीको भनाई छ । 

उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जानकारी दिएको छ ।