गरिमा क्यापिटलद्धारा बम्पर दशैं योजना सार्वजनिक

गरिमा क्यापिटलद्धारा बम्पर दशैं योजना सार्वजनिक

काठमाडौं, असोज ३

गरिमा क्यापिटल लिमिटेडले बम्पर दशैं योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार हरेक नेपाली शेयरधनी भन्ने नारालाई आत्मसात गर्दै नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली तथा छठ पर्व २०८१ को उपलक्ष्यमा बम्पर दशैं तिहार अफर संचालनमा ल्याइएको हो । 

कम्पनीका अनुसार यो योजना २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म कायम रहने छ ।  यो योजना अन्तर्गत गरिमा क्यापिटल लिमिटेडमा डिम्याट र मेरो शेयर खाता खोल्दा, लक्की ड्र मार्फत भाग्यशाली तीन जना ग्राहकवर्गहरुले स्मार्ट वाच जित्न सक्ने छन् । यसको लागि मिति २०८१ साल असोज १ गते देखि २०८१ साल कात्र्तिक ३० गतेसम्म यस क्यापिटलमा नयाँ डिम्याट र मेरो शेयर खाता खोल्नु पर्नेछ ।  

ग्राहकवर्गहरुले यो अफर अन्तर्गत खाता खोल्न कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्ने छन् । यो योजना अन्तर्गत लिङ्कमा गई सिधै अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्न सकिनेछ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्ड लाईन नं. ०१–४५२९१४९÷५०, ५९७०१७५ र मोबाईल नम्बर ९८४७३७९१०८ भाईबर, ह्वाट्स एपमा समेत सोझै सम्पर्क गर्न सकिनेछ । अथवा क्यापिटलको सामाजिक सञ्जालहरु मार्फत पनि जानकारी लिन पनि सकिनेछ ।