यज्डी मोटरसाइकलले ल्यायो “३ ठूला अफरहरु”

यज्डी मोटरसाइकलले ल्यायो “३ ठूला अफरहरु”


काठमाडौं, असोज ३

यज्डी मोटरसाइकलहरुको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइंकले वडा दशैं तथ तिहारको अवसरमा आफ्नो यज्डी रेन्जमा ३ ठूला अफरहरु ल्याएको छ । कम्पनीका अनुसार यस अन्तर्गत हरेक राईडरहरुले एक लाख ५० हजार रुपैंयाँसम्म नगद छुट, शुन्य प्रतिशत व्याजमा फाईनान्सिङ र पाँच बर्ष निःशुल्क सर्भिसिंग रहेको छ । 

अन रोड र अफ रोड सबै तिर चलाउन सकिने यो शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेरुलाई लक्षित गरी ल्याइएको हो । यस मोटरसाइकलमा बिएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबिएस राखिएको छ ।

यो अफरमा मोटरसाइकल खरिद गर्नका लागि ग्राहकहरु हाम्रो उत्तरढोका, काठमाडौं तथा नेपालगञ्जमा रहेका हाम्रा शोरुमहरुमा जानुहोला । यज्डी स्क्र्याम्ब्लरको साथै कम्पनीले यज्डी एड्भेन्चर र यज्डी रोड्स्टर पनि बिक्रीवितरण गर्दै आएको छ । यज्डी मोटरसाइकल सन् १९६१ देखि राइडरहरुको मन जित्नै आएको मोटरसाइकल हो ।