हरेक जिल्लाबाट पोखरा ‘मुभ’ हुन पार्टी कार्यकर्तालाई रास्वपाको सर्कुलर

हरेक जिल्लाबाट  पोखरा ‘मुभ’ हुन पार्टी कार्यकर्तालाई रास्वपाको सर्कुलर

काठमाडौं, ४ कात्तिक। सभापति रवि लामिछाने पक्राउ परेपछि राभाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्येक जिल्लाबाट सय जनाका दरले नेता कार्यकर्तालाई पोखरा पुग्न निर्देशन दिएकोे छ ।

पार्टी सभापति लामिछानेको पक्राउमाविरोध जनाउनका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको छ । केन्द्रीय सचिवालयको निर्णय र निर्देशन बमोजिम प्रदेश कमिटीले मातहतका एकाईमा सन्देश प्रवाह गरेका छन् ।

मातहतका पार्टी संरचनालाई उक्त सन्देश प्रवाह गरिएको बताइएको छ ।   ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११:३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।’ शनिबार मध्यरातमा सम्प्रेषित सन्देशमा बताइएको छ । 

कार्यकर्तालाई पठाइएको सो सन्देशमा त्यसैले सक्दो छिटो पोखरा ‘मुभ’ हुन आग्रह गरिएको छ ।