पोखराको शहिद चोक र गैह्रापाटन आसपास निषेधित क्षेत्र घोषणा

पोखराको शहिद चोक र गैह्रापाटन आसपास निषेधित क्षेत्र घोषणा

पोखरा, ४ कात्तिक। राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ पछि कास्कीको सहिदचोक र गैह्रापाटनलाई निषेधित क्षेत्रका रुपमा  घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले  उक्त निषेधाज्ञा आजदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने एक सूचनामार्फत जनाएको छ । 

यसैगरी, प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसअघि मुख्यमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् अगाडि मात्र निषेधित क्षेत्र तोकिएको थियो ।