निषेधाज्ञा उल्लंघन गर्दै पोखरामा रास्वपाको प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

निषेधाज्ञा उल्लंघन गर्दै पोखरामा रास्वपाको प्रदर्शन, सरकारविरुद्ध नाराबाजी

पोखरा, ४ कात्तिक। जिल्ला प्रशासन कार्यालय कास्कीको तोकेको निषेधित क्षेत्रमा रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका छन् । कास्की जिल्ला अदालत, सहिदचोक आसपास प्रशासनले निषेधित क्षेत्र यसअघि नै तोकिसकेको छ । 

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपा सम्बद्धलाई हटाउन खोज्दा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भइरहेको छ ।

अहिले पनि रास्वपाका नेता कार्यकर्ताले रवि लामिछानेको  पक्राउको विरोधमा सहिदचोकमा सरकार विरुद्ध नाराबाजी लगाउँदै विरोध जनाइरहेका छन् । 

 रास्वपा नेता कार्यकर्तालाई निषेधित क्षेत्रबाट हटाउन कास्की प्रशासनले ठूलो मात्रामा प्रहरी परिचालन गरिएको  छ ।