माओवादी लगायतका विपक्षी दलले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

माओवादी लगायतका विपक्षी दलले भोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं, ४ कात्तिक। प्रतिपक्षी दलले भोलि (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

शुक्रबार गठित कार्यदलले तयार पारेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन तय गरिएको बताइएको छ । सो ज्ञापनपत्र माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदलले तयार गरेको हो।

एकीकृत समाजवादीका उपाध्यक्ष एवं कार्यदल सदस्य पाण्डेले दिएको जानकारी अनुसार राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेसँग भेटघाट गरेर ध्यानाकर्षण गराउने  भएका छन् ।   ‘प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने हो । राष्ट्रपति र सभामुखलाई हामीले यसो गरेका छौं है भन्ने जानकारी गराउने हो,’ उनले भने ।

विपक्ष दलले मूख्य गरी बाढी पहिलोको कुरालाई ज्ञापनपत्रमा समावेश गरेको कार्यदलका सदस्यहरुले जानकारी दिएका छन् । 

यद्यपी, सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने बारे प्रतिपक्षको धारणा ज्ञापनपत्रमा उल्लेख नगरिएको कार्यदलका सदस्यहरुले जानकारी दिएका छन् ।