रवि लामिछानेलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइयो

रवि लामिछानेलाई म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइयो

पोखरा ४, कात्तिक। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।

शुक्रबार  काठमाडौंस्थित पार्टी कार्यालयबाटै गिरफ्तार भएका उनलाई सोही दिन राति नै  पोखरा ल्याइएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी लामिछानेलाई शनिबार बिहान जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

हिजो (शनिबार) सार्वजनिक बिदा परेकाले आज (आइतबार) मात्रै अदालतमा उपस्थित गराइएको हो ।  लामिछानेका समर्थक र सहकारी पीडित दुवै पक्ष अदालत बाहिर जम्मा भएका छन् ।

लामिछाने समर्थकले सहिद चोक र  सहकारी पीडितहरुले राष्ट्र बैंक चोकमा बेग्लाबेग्लै भेला बोलाए पनि जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।