रवि लामिछानेले भने- सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छ

रवि लामिछानेले भने- सरकारले झुटा मुद्दामा फसाउन खोज्यो, न्यायालयप्रति विश्वास छ

काठमाडौं ४ कात्तिक । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालतमा लगिरहेका बेला सञ्चारकर्मीहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास रहेको प्रतिक्रिया दिएका हुन् ।

‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ । तर केपी ओली सरकार रहिरहने हो भने जनताले धेरै दुख पाउँछन् । यो सरकार रहँदासम्म झुटा मुद्दामा मान्छेलाई फसाउने काम गरिरहन्छ’, उनले भने ।

अदालतप्रतिको विश्वास गरेरै न्याय प्रक्रियामा सघाउन आफूँ आएको लामिछानेले बताए । लामिछानेले  सरकारविरुद्ध देशभरबाट सडकमा उत्रिन  समेत पार्टी कार्यकर्तालाई अनुरोध गरेका छन् ।