रास्वपा कार्यकर्तामाथि प्रहरीको बल प्रयोगः पानीको फोहोरा र अश्रुग्यास प्रहार

रास्वपा कार्यकर्तामाथि प्रहरीको बल प्रयोगः पानीको फोहोरा र अश्रुग्यास प्रहार

काठमाडौं, ४ कात्तिक । सहकारी ठगी प्रकरणमा तानिएका रवि लामिछानेको समर्थनमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

सरकारविरुद्धको नाराबाजीसहित भीड नियन्त्रण बाहिर हुन थालेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको हो ।

प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेपछि  आन्दोलित पक्ष तितरबितर भएका थिए । निषेधित क्षेत्रमा पसेर प्रदर्शन गरेपछि प्रहरीसँग धकेलाधकेलको स्थिति बनेको हो । 

तथापी, रास्वपाका नेता–कार्यकर्ता लगायत समर्थकले निषेधित क्षेत्रबाट बाहिरिन अझैँ मानिरहेका छैनन् । प्रहरीले अटेरी गरेको खण्डमा थप बल प्रयोग गर्न बाध्य हुने माइकिङ मार्फत अहिले चेतावनी दिइरहेको छ ।

शुक्रबार काठमाडौंबाट सहकारी  ठगी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सोही दिन राति पोखरा लगिएको थियो ।