रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, ४ कात्तिक ।  सहकारी ठगी प्रकरणमा मुछिएपछि पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ ।

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन गरेको  आरोपमा पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।

जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि ६ दिन थप प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो ।