टी-२० सिरिज: नेपालद्वारा अमेरिकाविरुद्ध क्लिनस्वीप

टी-२० सिरिज: नेपालद्वारा अमेरिकाविरुद्ध क्लिनस्वीप

काठमाडौं, ५ कात्तिक । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ ।

 तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले परास्त गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।

पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा विजयी भएको थियो । 

आज बिहान भएको तेस्रो तथा अन्तिम खेलमा अमेरिकाले प्रस्तुत गरेको १५७ रनको जितको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेटको नोक्सानीमा सिजिर क्लिनस्वीप गरेको हो ।