लमजुङका भेषबहादुर पौडेल गण्डकीमा वनमन्त्री बन्दै

लमजुङका भेषबहादुर पौडेल गण्डकीमा वनमन्त्री बन्दै

पोखरा, ५ कात्तिक। लमजुङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल गण्डकीको वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस सांसद पौडेललाई सोमबार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

स्वतन्त्र सांसद दीपक मनाङेले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली भएको थियो ।

पौडेलले आज (सोमबार) नै प्रदेश प्रमुख समक्ष मन्त्रीको पद तथा गोपनीयताको शपथ लिने तयारी भइरहेको कांग्रेसका एक प्रदेशसभा सदस्यले जानकारी दिए ।