समाजवादी फुटको हल्लाबारे माधव नेपालले भने– कागले कान लग्यो भनेर नदौडिनुस्

समाजवादी फुटको हल्लाबारे माधव नेपालले भने– कागले कान लग्यो भनेर नदौडिनुस्

काठमाडौँ, ५ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विभाजन हुने हल्लामा कुनै सत्यता नभएको दाबी गरेका छन् ।

सोमबार कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले फुटको हल्ला निराधार रहेको बताएका हुन् ।

उनले भने,  ‘हाम्रो पार्टी एमाले वा माओवादी कसैसंग विलीन हुँदैन, विलिन हुन लागेको चर्चा गलत हो, बेकारको हल्ला हो’, नेपालले अगाडी जोड दिँदै थपे, ‘हामी आफ्नो अस्तित्वमा चलिरहेका छौँ, कागले कान लग्यो भनेर नदौडिनुस् कान छाम्नुस् ।’ उनले भने ।

अध्यक्ष नेपालले पार्टी विभाजन गर्ने अध्यादेश ल्याउने दुस्साहस नगर्न सरकारलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीको नाम नलिएरै उनले अरूलाई सिध्याउने हिटलरी शैलीलाई परित्याग गर्न आग्रह समेत गरे ।

उनले पार्टी विभाजन भए पनि सामना गर्नुको अर्को विकल्प नभएको बताए ।