सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो

सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो

 काठमाडौं, ५ कात्तिक। सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका उनलाई आज (सोमबार) रुपन्देही पठाइएको हो । जोशीलाई रुपन्देही पठाएको कास्कीका एसपी श्यामबाबु ओलियाले पुष्टि गरे ।

जोशीसहितका व्यक्तिलाई संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।

३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिइएसँगै गत असोज ६ गते जोशी काठमाडौंको शंखमुलबाट गिरफ्तार भएका थिए ।