आगामी अधिवेशनमा सबै विधेयक पेश गर्न संसदीय समितिलाई सभामुखको निर्देशन

आगामी अधिवेशनमा सबै विधेयक पेश गर्न संसदीय समितिलाई सभामुखको निर्देशन

काठमाडौं, ६ कात्तिक । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकहरु आउँदो अधिवेशनमा पेश गर्न निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा घिमिरेले मंगलबार संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई डाकेका थिए ।

सभामुख घिमिरेले भएको छलफलमा कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर चासो देखाएका थिए ।

समिति सभापतिहरुले संसद अधिवेशन अन्त्य भएपछि बैठक बस्न नसकेको सभामुखलाई जानकारी गराएका  छन् । धेरैजसो सांसद गृह जिल्लामा गएकाले बैठक बस्न कोरम सम्म नपुगेको उनीहरुले बताएका छन् ।

उद्योग तथा बाणिज्य र श्रम तथा उपभोत्ता हित समितिका सभापति अब्दुल खानले बैठक बस्दा चिया नास्ताका लागि समेत समस्या भएको समिति सभापतिहरुले बताएको जानकारी दिए ।

संसदको आगामी अधिवेशनमा समितिमा रहेका सबै विधेयक पेश गर्न सभामुख घिमिरेले भने निर्देशन दिएका  छन् ।