सहकारी ठगी प्रकरणः रुपन्देहीमा छविलाल जोशीको बयान सुरु, सहकारी पीडितको प्रदर्शन

सहकारी ठगी प्रकरणः रुपन्देहीमा छविलाल जोशीको बयान सुरु, सहकारी पीडितको प्रदर्शन

बुटवल, ६ कात्तिक । सहकारी ठगीको मुद्दामा पक्राउ परेका छविलाल जोशीको आज (मंगलबार) जिल्ला सरकारी वकिल कार्यालयमा बयान सुरु भएको छ ।

प्रहरीले सुप्रिम सहकारी रुपन्देहीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत अपचलनमा जोशीको  पनि संलग्नता रहेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा बयान सुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले जोशीको बयान लिइरहेका छन् ।

असोज ६ गते जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको उनलाई हिजो (सोमबार) बयानका लागि रुपन्देही लगिएको थियो । जोशीको बयान चलिरहँदा जिल्ला अदालत नजिकै सहकारी पीडितहरूले बिरोध प्रदर्शन समेत गरेका छन् ।