सेयर बजारका सबै सूचक बढ्दा कारोबार रकम भने घट्यो

सेयर बजारका सबै सूचक बढ्दा कारोबार रकम भने घट्यो

काठमाडौं, ६ कात्तिक । यसअघिका दुई दिन लगातार आरालो लागेको सेयर बजार मंगलबार २५.८८ अंक बढेको छ ।

उक्त अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ ।  नेप्सेका अलावा अन्य सबै सूचक समेत बढे।  बजारको अंक केही बढेको भएपनि कारोबार रकम भने आज घटेको छ । 

अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा सीमित रह्यो। १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो ।