विपदमा कुन जिल्लाका कतिले गुमाए ज्यान, कति परिवारले पाए राहत ?

विपदमा कुन जिल्लाका कतिले गुमाए ज्यान, कति परिवारले पाए राहत ?

काठमाडौं, ६ कात्तिक ।  गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका परिवारलाई राहत रकम उपलब्ध गराएको छ ।

विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए। उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम प्रदान गरिएको  हो । 

विपदमा जीवन गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत प्राप्त गर्न सकेका छैनन् । मन्त्रालयका प्रवक्ता तिवारीका अनुसार पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारणले उनीहरुको परिवारलाई राहत रकम प्रदान गर्न नसकेको हो ।

अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको उनले बताए । 

काभ्रेमा मृत्य भएका ७९ मध्ये ७८, ललितपुरका ४६ मध्ये ४५, धादिङका ३६, काठमाडौंका १९, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका ७/७ मृतक परिवारले राहत पाएका छन् । 

यसैगरी, सोलुखुम्बुका ५, भक्तपुर र रौतहटका ४/४, सर्लाही र सिन्धुलीका ३/३, झापा, महोत्तरी र रुपन्देहीका २/२, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका १/१ जना मृतक परिवारलाई समेत राहत रकम दिइएको मन्त्रालयले जानकारी दिएको छ । 

विपद्‍मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझैँ ज्ञात हुन सकेको छैन् ।