एमालेले भवन निर्माणको दानविरुद्ध बोल्ने नेतालाई ७ दिनभित्र स्पष्टीकरण दिन पत्र पठायो

एमालेले भवन निर्माणको दानविरुद्ध बोल्ने नेतालाई ७ दिनभित्र स्पष्टीकरण दिन पत्र पठायो

काठमाडौं, ६ कात्तिक । नेकपा एमालेले पार्टी केन्द्रीय भवन दानमा स्वीकार्ने निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरणपत्र पठाएको छ । पार्टी महासचिव शंकर पोखरेलले ७ दिनभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण पत्र पठाएका हुन् ।

निर्णयविपरीत बोल्ने पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग आइतबार साँझ बसेको सचिवालय बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

महासचिव पोखरेलले सचिवालयको निर्णय अनुसार पार्टीको निर्णय विपरीत टिप्पणी गर्नुको कारण सोधेका छन् ।

एमाले विधानको धारा ८१ मा पार्टी निर्णय पालना नगर्ने नेताहरुलाई लिलम्बन गर्ने, जिम्मेवारीबाट हटाउने अथवा निष्कासनसम्मको कारबाही गर्न सकिने प्राबधान  छ ।