सत्तापक्षीय दलको संयुक्त वक्तव्य– रास्वपा प्रदर्शन लोकतान्त्रिक वातावरण बिथोल्ने प्रयास

सत्तापक्षीय दलको संयुक्त वक्तव्य– रास्वपा प्रदर्शन लोकतान्त्रिक वातावरण बिथोल्ने प्रयास

काठमाडौं, ९ कात्तिक ।  सत्ता साझेदार राजनीतिक दलहरूको बैठकमा सरकारको सय दिनको काम कारबाहीबारे समीक्षा भएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलका अनुसार शुक्रवार प्रधानमन्त्री निवास  बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ । 

‘बैठकमा नेपालका प्रमुख राजनीतिक दलहरू एमाले र कांग्रेसले विगतमा गरेको सात बुँदे सहमति र न्यूनतम कार्यक्रमका आधारमा सरकारको समीक्षा गरेका छौ’, उनले बैठकपछि भने, ‘आगामी दिनमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने संयुक्त वक्तव्य जारी गर्ने निर्णय भएको छ ।’

बैठकले रास्वपा नेता कार्यकर्ताले विरोध प्रदर्शनका नाममा लोकतान्त्रिक वातावरण बिथोल्ने प्रयास गरेको निष्कर्ष समेत निकालेको छ ।