नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन किन्न नपाइने

काठमाडौं, १३ कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फाले साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने जनाएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने एन्फाले बताएको छ ।

एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले ११ हजार टिकटमात्र टिकट बिक्री गर्ने जानकारी दिए । जसमध्ये जावलाखेलबाट साधारणतर्फ १० हजार र भीआईपीमा १ हजार टिकट बेच्ने उनले बताए । खेल हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार क्षमता रहेको छ ।

यस्तै, एन्फाले टिकटमा पनि सीमितता निर्धारण गरेको छ । जसअनुसार एकजना दर्शकले साधारण प्यारपिटतर्फ बढीमा ५ ओटा र भीआईपीतर्फ २ ओटा टिकटमात्रै किन्न पाउनेछन् । यसकासाथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत अनुरोध गरेको छ । 

आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै एन्फाले बिक्रीमा रोक लगाउनुका साथै टिकट बिक्रीको जिम्मेवारी पनि आफैं लिएको हो ।