डीभी भर्नका लागि समय थप, अब कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं, १९ कात्तिक । अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन भर्ने समय दुई दिन थप गरेको छ ।
नेपाल स्थित अमेरिकी राजदूतावासका अनुसार, ५ नोभेम्बर २०२४ सम्म समयावधि कायम गरिएकोमा दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको हो ।
यसअघि, असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुल्ला गरिएको थियो ।
डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासले एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिने समेत जनाएको छ ।