रामेछापमा ३ दिनदेखि युवक बेपत्ता भएकाे घटनामा एक जना पक्राउ
रामेछाप, १९ कात्तिक । रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
भुजेल शुक्रबार रातिदेखि नै बेपत्ता छन् । प्रहरीले तामाकोशी नदीमा उनको खोजतालास गरिरहेको जनाएको छ ।
भुजेललाई बेपत्ता पारेको आरोपमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।
भुजेल बेपत्ता भएको साँझ विक उनकै साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।
शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयको भनाइ छ । विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।