प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य सिफारिस

प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य सिफारिस

काठमाडौं, २० कात्तिक । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त पदमा डा. सुरेश आचार्य नियुक्तिका लागि सिफारिस भएका छन् ।

यस्तै, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस गरिएको छ ।

डा. आचार्य नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन् भने विष्ट प्रेस चौतारी नेपालको पूर्वअध्यक्ष हुन् । सदस्य भण्डारी भने यसअघि प्रेस काउन्सिल नेपालको सदस्य थिइन् ।

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्त र आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य रहने कानुनी व्यवस्था रहेको छ ।