कीर्तिपुरको मेयरमा माओवादी केन्द्रले शिवशरण महर्जनलाई उम्मेदवार बनाउने

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रले शिवशरण महर्जनलाई उम्मेदवार बनाउने

काठमाडौं, २० कात्तिक । नेकपा (माओवादी केन्द्र) ले कीर्तिपुर नगरपालिकाको मेयरमा प्रा.डा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । 

कीर्तिपुर नगरपालिकाका  मेयर राजकुमार  नकर्मीको निधन भएपछि  उक्त रिक्त पदमा उपनिर्वाचन हुने लागेको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

त्यस्तै, बैठकले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई उम्मेदवार बनाउनेसमेत सर्वसम्मत निर्णय गरेको छ ।