एकैदिन तोलामा २ हजार ८ सयले घट्यो सूनको मूल्य

एकैदिन तोलामा २ हजार ८ सयले घट्यो सूनको मूल्य

काठमाडौँ, २० कात्तिक । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैँया तोकेको छ । 

यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैँयामा खरिदबिक्री भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा प्रतितोला २१ रुपैँया घटेको छ । महासङ्घले एक तोला चाँदीको मूल्य दुई हजार ३० रुपैँया तोकेको छ । यसअघि चाँदी प्रतितोलादुई हजार ९० रुपैँयामा कारोबार भएको थियो ।