पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
पोखरा, २० कात्तिक । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदशर्नमा उत्रिएका रास्वपा कार्यकर्तामाथि प्रहरीले पोखरामा अश्रुग्यास प्रहार गरेको छ ।
रत्नचोक हुँदै वाइ चोकमा निषेधित क्षेत्र रास्वपाका नेता–कार्यकर्ताले तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका सभापति लामिछाने पोखराको सूर्यदर्शन सहकारीको रकम अनियमितता प्रकरणमा पक्राउ परेका हुन् । उनी कात्तिक २ गते पक्राउ परेका हुन् ।
पक्राउ परेदेखि नै राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन जनाउँदै आईरहेका छन् ।
आज लामिछानेलाई म्याद थपका लागि तेस्रोपटक अदालत उपस्थित गराउने समयमा बाहिर उनका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
सोही क्रममा भिड निषेधित क्षेत्र तोड्न खोजेपछि नियन्त्रण गर्न प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको हो ।