डिसेम्बर पहिलो साता प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो
काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७–२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका परराष्ट्र स्रोतले भन्यो ।
स्रोतले भन्यो, ‘उताबाट निम्तो आएको छ, अब यताबाट निर्णय गर्न बाँकी छ ।’, प्रधानमन्त्रीको सचिवालयले पनि मिति तोकेर भ्रमणको निम्तो आएको भनिएको छ ।
गत असार ३१ गते प्रधानमन्त्री नियुक्त ओलीको यो पहिलो विदेश भ्रमण हो । यसअघि, संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएपनि यो पहिलो औपचारिक विदेश भ्रमण हो ।