रवि लामिछानेको समर्थनमा नाराबाजी गर्ने ७ जना पक्राउ
पोखरा, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वा) सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका ७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र तोडेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कात्तिक २ गते पक्राउ परेका पूर्वगृमन्त्रीसमेत रहेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज अदालतमा उपस्थित गराइएको छ ।
सोही क्रममा उनका समर्थकले अदालत बाहिर नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।
निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको छ । प्रहरीले लाठीचार्ज, अश्रुग्यास प्रहार गरेर निषेधित क्षेत्रको घेरा तोड्न दिएको छैन ।
अहिले पनि रत्नचोकमा रास्वपाका नेता–कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । रवि लामिछानेसहित ४ जनाको म्याद थपबारे अहिले बहस चलिरहेको छ ।