तिहारपछि खुलेको बजारमा गिरावट, कारोबार रकम पनि घट्यो
काठमाडौं, २० कात्तिक । तिहारपछि खुलेको सेयर बजारमा केही सामान्य अंकले गिरावट आएको छ ।
बैंकको ब्याजदर निरन्तर घटी रहेको, नियामक निकाय सबै सकारात्मक रहेको र बजारलाई बाधा गर्ने नीति विस्तारै फुकुवा हुँदै गएको हुँदा बजारले गति लिने विश्वास आम लगानीकर्ताको रहेको यो । तर, तिहारपछिको पहिलो दिनमै बजार बढ्न सकेन् ।
यस दिन कारोबार रकम समेत केहि सुस्त बनेको छ । तिहारअघिको अन्तिम कारोबारको दिन करिब ६ अर्बको कारोबार भएको थियो । तर, तिहारपछिको पहिलो दिनमा भने कारोबार रकम ४ अर्बमा खुम्चिएको छ ।
नेप्से परिसूचक ०.२१ अंक मात्रै घटेपछि २६७७.४ मा कायम भएको छ । कारोबार सुरु भएपछि बढेको बजार ११ः४७ बजे २६९६ अंकसम्म पुगेर पछि ओरालो लाग्यो ।
कारोबार रकम पनि घटेको छ । गत बुधबार ५ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब २० करोडको भयो ।
कूल ११३ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रह्यो ।