जापान गएको विषयमा विवाद भएपछि कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिँदै
विराटनगर, २१ कात्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत नगरेरै जापान भ्रमणमा गएको विषय विवादित बनेपछि उनले आज राजीनानामा दिन लागेका हुन् ।
राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन पनि गर्दैछन् । अधिकारी निकट स्रोतका अनुसार उनले नैतिकतामा आधारमा राजीनामा दिन लागेका हुन् ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले पनि अधिकारीले राजीनामा दिन लागेको जानकारी दिए ।