बिनाजानकारी जापान गएका कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजीनामा

बिनाजानकारी जापान गएका कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजीनामा

विराटनगर, २१ कात्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् ।

मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषयले विवादीत भएपछि उनले राजीनामा दिएका हुन् ।

अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।