अमेरिकी राष्ट्रपति चुनाव: स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प जित उन्मुख, समर्थकलाई सम्बोधन गर्ने तयारी
काठमाडौं, २१ कात्तिक । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित उन्मुख देखिएका छन् ।
१९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा ट्रम्पतिर जाने देखिएको छ । यद्यपि, औपचारिक प्रोजेक्सन भने होइन । तर, यो रिपब्लिकन समर्थकका लागि ठूलो खुसीयाली हो । किनकी पेन्सलभेनिया जितेसँगै ट्रम्पको इलेक्ट्रोरल भोट २६६ हुनेछ । जबकी राष्ट्रपतिमा निर्वाचित हुन २७० चाहिन्छ ।
अमेरिकी राष्ट्रपति चुनावमा सात स्वीङ स्टेटको भोटलाई निर्णायक रुपमा लिइएको थियो । ट्रम्पले सुरुमा नर्थ क्यारोलिनामा जित हासिल गरे ।
१६ इलेक्ट्रोरल भोट भएको यो राज्यमा २०२० को चुनावमा पनि ट्रम्पले विजयी बनेका थिए । फ्लोरिडामा भने उनले परिणाम फेरेका छन् ।
२०२० मा जो बोइडेनले जितेको सो राज्यमा यस पटक ट्रम्पले बाजी मारेका छन् । यहाँ पनि १६ इलेक्ट्रोरल भोट छन् ।
स्वीङ स्टेटमा एकपछि अर्को गर्दै प्राप्त भइरहेको सफलतासँगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने तयारी गरिरहेका छन् ।
फ्लोरिडास्थित चुनावी अभियानको कार्यालयमा उनका समर्थकहरु ठूलो संख्यामा जम्मा भएका छन् । त्यहाँ ट्रम्पले सम्बोधन गर्ने तयारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।