समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भने– अमेरिकाले अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ

समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भने– अमेरिकाले अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ

 काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्नो चुनावी अभियानको मुख्यालयमा उपस्थित समर्थकलाई सम्बोधन गरेका छन् ।

जारी मतगणनाबीच चुनावी नतिजा आफ्नो पक्षमा आउने निकै बलियो सम्भावना देखिएपछि ट्रम्प आफ्ना समर्थकलाई सम्बोधन गर्न फ्लोरिडा आएका हुन् ।

ट्रम्पले मतदातालाई सम्बोधन गर्नेक्रममा आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा सम्झने विश्वास व्यक्त गरे ।

उनले देशलाई निको पार्न काम गर्ने प्रतिबद्धता जनाए । ‘यो अमरिकाको लागि स्वर्ण युग हुनेछ’ उनले भने, ‘यो अमेरिकी जनताको लागि ठूलो विजय हो जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ।’

उनलको चुनावी नारा नै ‘मेक अमेरिका ग्रेट अगेन’ रहेको छ ।

‘ट्रम्पले रिपब्लिकन पार्टीले दुवै सदनमा सम्भावित जितलाई संकेत गर्दै  उनले भने, ‘अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ ।,’

सम्बोधनको क्रममा ट्रम्पले आफ्नी पत्नी मेलानिया र परिवारलाई धन्यवाद समेत दिए । उनले मेलानियाको पुस्तकको प्रशंसा गर्दै भने, ‘उनले निकै राम्रो गरेकी छन् ।’ 

सम्बोधनको क्रममा ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् । यद्यपि, यसको औपचारिक घोषणा भने अहिले नै भइसकेको छैन ।

उनले सम्बोधनको क्रममा इलोन मस्कलाई रिपब्लिकन पार्टीको ‘नयाँ स्टार’ बताएका छन् ।  ‘मस्क वास्तवमै गज्जबका मान्छे हुन् ।’ उनले भने ।