म्याद थपका लागि रविलाई चौथोपटक अदालत उपस्थित गराइयो

म्याद थपका लागि रविलाई चौथोपटक अदालत उपस्थित गराइयो

काठमाडौं, २५ कात्तिक । सहकारी अनियमितता प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अदालतमा पेश गरिएको छ ।

गत २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परी पोखरा ल्याइएका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतमा आज चौथोपटक उपस्थित गराइएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट हिनामिना भन्दै पूर्वप्रबन्ध निर्देशक रविसहित पूर्वउपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी, जीवी राइका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाईंलाई अदालतमा हाजिर गराइएको हो ।