रविको बचाउमा आज पनि पोखरामा रास्वपाको प्रदर्शन
पोखरा, २५ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) का सभापति रवि लामिछाने पक्राउ विरोधमा आज पनि नेता–कार्यकर्ताहरु विरोध–प्रदर्शनमा उत्रिएका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज चौथो पटक जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
पोखराको सूर्यदर्शन सहकारी अनियमितता प्रकरणमा काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका उनलाई पहिलोपटक कात्तिक ४ गते अदालतमा पेस गरिएको थियो ।
रविका समर्थकसहित कार्यकर्ताले उनी पक्राउको विरोधमा लगातार प्रदर्शन जनाउँदै आइरहेका छन् ।