राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर

राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा ललितपुर महानगरको डोजर

काठमाडौं, २५ कात्तिक ।  ललितपुर महानगरले हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको मापदण्ड विपरीतका संरचना भत्काएको छ ।

महानगरपालिकाले आज बिहान डोजर र नगर प्रहरीहरु परिचालन गरेर अनधिकृत संरचना भत्काएको हो ।

मापदण्ड विपरीतका संरचना भत्काइएको ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

यसअघि अदालतले अनधिकृत संरचना हटाउन आदेश समेत दिएको थियो ।