पौने १० अर्बको सेयर कारोबार, बजार २७३८ अंकमा

पौने १० अर्बको सेयर कारोबार,  बजार २७३८ अंकमा

काठमाडौं, २५ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ ।

यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ मा कायम भएको छ । 

यस दिन कूल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो ।

अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोमा यस दिन ९ अर्ब ७७ करोड भयो । सबै क्षेत्रका सूचक बढेका छन् ।