मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले काठमाडौँ ल्यायो

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले काठमाडौँ ल्यायो

काठमाडौं, २५ कात्तिक । मानव तस्करीको विवादमा मुछिएका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ ।

आज (आइतबार) मोरङको विराटनगरमा पक्राउ परेका उनलाई विमानमार्फत काठमाडौं ल्याइएको हो ।

त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिने परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

असम्बन्धित व्यक्तिलाई जापान भ्रमणमा जाँदापनि साथमै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको थियो ।

भ्रमण विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने नेकपा एमालेले उनलाई पार्टीको जिम्मोवरीबाट निलम्बित गरेको छ ।