पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, २५ कात्तिक । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

जिल्ला प्रहरी परिसर स्रोत अनुसार, अदालतले उनलाई २ दिन हिरासतमा राख्न र अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले कधिकारीलाई आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको हो। उनी एउटा कार्यक्रममा सहभागी हुन जापान गएका बेला ३ जना असम्बन्धित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने त्रिभुवन विमानस्थल आएलगत्तै प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।