माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, २६ कात्तिक । नेकपा माओवादी केन्द्रले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने  भएको  छ ।

आज (सोमबार) बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सफलता हासिल गर्ने योजना र कार्ययोजना पनि बनाइएको प्रवक्ता सापकोटाले बताए ।

साथै, जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय समेत भएको उनले जानकारी दिए ।