ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा

ट्रम्पद्वारा आप्रवासन अधिकारी टम होमनलाई ‘बोर्डर जार’ का रूपमा घोषणा

काठमाडौं, २६ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आइतबार आगामी  प्रशासनमा देशको सिमानाको निरीक्षण गर्न कट्टर आप्रवासन अधिकारी टम होमनलाई फिर्ता ल्याउने बताएका छन् । 

अठहत्तर वर्षीय रिपब्लिकन उद्योगपतिले आफ्नो राष्ट्रपति कार्यकालको पहिलो दिनदेखि नै अमेरिकी इतिहासकै सबैभन्दा ठूलो कागजातविहीन आप्रवासीहरूको निर्वासन अभियान सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

“म पूर्व आइसिई निर्देशक र सीमा नियन्त्रणका दृढ समर्थक टम होमन हाम्रो राष्ट्रको सीमाको जिम्मेवारीमा ( ‘बोर्डर जार’ का रूपमा) ट्रम्प प्रशासनमा सामेल हुने घोषणा गर्न पाउँदा खुसी छु”, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, “मैले टमलाई लामो समयदेखि चिन्छु र हाम्रो सीमाको प्रहरी र नियन्त्रणमा उहाँभन्दा राम्रो कोही छैन ।”

ट्रम्पले होमनलाई ‘सबै गैरकानूनी विदेशीलाई उनीहरूको मूल देशमा फिर्ता पठाउने’ जिम्मेवारी दिइने बताए ।

सन् २०२० को राष्ट्रपति निर्वाचनमा हार स्वीकार नगर्नुभएका ट्रम्पले नोभेम्बर ५ को मतदानमा उल्लेखनीय पुनरागमन गरेका छन् । । यसले उनको कट्टर दक्षिणपन्थी दृष्टिकोणले प्रभुत्व जमाएको एक दशकभन्दा बढी अमेरिकी राजनीतिको सुरुआत गर्ने देखिन्छ ।

आफ्नो चुनावी अभियानमा उनले कागजातविहीन आप्रवासीहरूविरुद्ध बारम्बार आक्रोश व्यक्त गरे र अमेरिकाको ‘रगत विषाक्त पार्ने’ व्यक्तिहरूका बारेमा हिंसात्मक भाषा प्रयोग गरे । 

अमेरिकी सरकारले मेक्सिकोसँगको दक्षिणी सीमा व्यवस्थापनमा वर्षौंदेखि सङ्घर्ष गरिरहेको भए पनि अमेरिकीहरूलाई बलात्कार र हत्या गर्ने आप्रवासीहरूद्वारा ‘आक्रमण’ भइरहेको दाबी गर्दै ट्रम्पले चिन्ता व्यक्त गरेका छन् । 

र्‍याली भाषणहरूमा उनले स्थानीय तनावहरूलाई अत्यधिक बढाइचढाइ गरे र आफ्ना श्रोताहरूलाई आप्रवासन तथ्याङ्क र नीतिबारे भ्रममा पारे ।

ट्रम्पको शासनकालमा बढेको हिंसात्मक अपराध राष्ट्रपति जो बाइडेनको प्रशासनमा हरेक वर्ष घटेको छ ।​​​​​​

आप्रवासीहरूले स्थानीय जनसङ्ख्याको अनुपातमा कम अपराधहरू गर्छन् । यद्यपि, महिला र बालबालिका माथि हिंसात्मक आक्रमणका केही उच्च–प्रोफाइल मामिलाहरूमा विदेशी संदिग्धहरूको नाम राखिएको छ । यसले रिपब्लिकनहरूलाई क्रोधित बनाएको छ ।

मेक्सिकोबाट गैरकानुनी रूपमा सीमा पार गर्ने आप्रवासीहरूसँग अमेरिकी सीमा गस्ती मुठभेडहरूको सङ्ख्या अहिले ट्रम्पको राष्ट्रपतिको अन्तिम वर्ष सन् २०२० मा जस्तै छ । यो सन् २०२३ डिसेम्बरमा मासिक रेकर्ड दुई लाख ५० हजारमा पुगेको थियो ।

ट्रम्पले सन् १७९८ को एलियन एनिमिज एक्ट प्रयोग गरेर आप्रवासी गिरोहहरूलाई सम्बोधन गर्ने वाचा गरे ।  उक्त एक्टले सङ्घीय सरकारलाई शत्रु देशहरूका विदेशीहरूलाई पक्रन र निर्वासन गर्न अनुमति दिन्छ । यो ‘अपरेसन अरोरा’ नाम दिएको सामूहिक निर्वासन अभियानको हिस्सा हो ।​​​​​​​

अरोरामा एक भाइरल भिडियोमा सशस्त्र ल्याटिनोहरूले एउटा अपार्टमेन्ट ब्लकमा उपद्रो मच्चाएको देखाइएको थियो । यसले ल्याटिन अमेरिकी आप्रवासीहरूले शहरमा आतङ्क मच्चाएको भन्ने झूटो कथाहरू फैलाएको थियो ।

ओहायोको स्प्रिङ्गफिल्डमा हाइटीका आप्रवासीहरूले बासिन्दाहरूको घरपालुवा जनावर खाँदैछन् भन्ने काल्पनिक कथालाई पनि ट्रम्पले प्रचार गरेका छन् ।