२२.१४ अंकले बढ्यो नेप्से, ११ अर्ब ३१ करोडको कारोबार

२२.१४ अंकले  बढ्यो नेप्से, ११ अर्ब ३१ करोडको कारोबार

काठमाडौं, २६ कात्तिक । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । उक्त अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ  । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोड पुगेको हो । 

कूल १४३ कम्पनीको मूल्य बढ्दा ९२ को घट्यो भने ९ को स्थिर रह्यो । यस दिन क्षेत्रगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । माइक्रोफाइनान्स सूचक सबैभन्दा धेरै ३.२ प्रतिशत बढ्यो ।